पुष्कर खड्का २८ जेठ,
काठमाडौ - कैलालीको टीकापुरमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४ जना पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका वडा १ का १८ वर्षीय सन्दिप ठकुल्ला, १९ वर्षीय डम्बर ठकुल्ला, २० वर्षीय दिपक ठकुल्ला र २१ वर्षीय दिपक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले जानकारी दिए जनाएको छ।
मंगलबार बिहानै ३ बजेको समयमा टीकापुर नगरपालिका १ रानिकुलाको किनारमा बालिका बलात्कृत भैरहेको गोप्य सुचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुग्दा १४/१५ वर्षका ३ जना किशोरीहरुलाई जबर्जस्तीकरणी गरेर फरार युवकलाई प्रहरीले पक्राउ गरेर धनगढी पठाइसकेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेले जानकारी दिनु भयो ।
डिएसपी न्यौपानेका अनुसार घटनामा पाँच जना संलग्न भएको र चारजनालाई पक्राउ गरेर पठाइसकेकोमा एकजनाको खोजिकार्य जारी रहेको छ ।प्रहरीका अनुसार फोनबाट किशोरीलाई बोलाएर नदि किनारमा लगेर युवकहरुले सामुहिक बलात्कार गरेका थिए ।
प्रवक्ता बिष्टले पक्राउ चारजनालाई मंगलबार नै धनगढी ल्याएर जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गरि अनुसन्धानको कार्य भैरहेको बताए ।उनले अभियोग पुष्टि भए कानुन बमोजिम कारबाही गरिने बताउदै अनुसन्धानमा साथ दिन आग्रह समेत गरे ।