पुष्कर खड्का २८ जठे,
काठमाडौं - कालिकोटमा ३९ जना यात्रु बोकेको ट्रिपर कर्णाली नदीमा खसेको छ ।
भारतबाट आएका ३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खसेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै क्रममा ना ८ ख ५१३३ नम्बरको टिप्पर बुधवार बिहान कर्णाली नदिमा खसेको हो ।
दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् ।
क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले बताउनु भयो ।घटनाको थप विवरण आउन बाँकी छ ।