काठमाडौ - सामजिक सञ्जालमा आक्रमक र अन्यभन्दा कडा रुपमा प्रस्तुत हुने पत्रकार मिलन के राउतविरुद्ध केहीदिनयता सामजिक सञ्जालमा विभिन्न टिप्पणीहरु आइरहकेा छन् ।
नेकपा निकट पत्रकारको प्रदेश कमिटीमा समेत आबद्ध रहेका पत्रकार राउतको सक्रियता सामजिक सञ्जालमा धेरै नै । यतिबेला स्थानीयस्तरमा कतिपयका लागि टाउको दुखाइको विषय बनेपनि उनका स्टाटसकै विषयलाई लिएर तर्कहरु हुने गरेको छ ।
सामाजिक सञ्जालमा उनले गर्ने कटाक्षको विरोध र समर्थन उत्तिक्कै छन् । मंगलबारे अस्पताललाई प्रदेश सरकारले निति तथा कार्यक्रममै मदन भण्डारी ट्रमा सेन्टर बनाउने घोषणा गर्दा स्थानीय पार्टी कमिटी बेखवर रहेकै बेला विज्ञप्ति निकालेरै सरकारी घोषणाको समर्थनमा राउतले पार्टीका तर्फबाट पहलकदमी लिएका थिए । उनको उक्त स्टाटसमा मंगलबारेका धेरै मानिसहरुले असहमति जनाएका छन् ।
उनको मंगलबारे अस्पतालको सन्दर्भमा उनले लेखेको पछिल्लो स्टाटस्ले पुन उर्लावारी तताएको छ । उनको पछिल्लो स्टाटसमा मंगलबारेवासीको असन्तुष्टि देखिन्छ भने नेकपाका कार्यकर्ताहरुको भने समर्थन देखिएको छ । के लेखेका थिए राउतले हेरौं उनको पछिल्लो अभिव्यक्ति :
"सन्दर्भः मंगलबारे
साविक उर्लाबारीको ७ नम्बर वार्डमा साप्ताहिक हाट लाग्ने बजार – मंगलबारे ।त्यहाँका रैथाने थापा खलकका व्यक्तिका अराजक र उद्दण्ड व्यबहारका कारण मंगलबारे हाटको अस्तीत्व समाप्त भएको जगजाहेर छ । उ बेला पहिचान खोज्न किन, कुनै माइकलाल अघि सरेनन् ? हप्तैपिच्छे लाग्ने मंगलबारे हाट कुनैबेला ‘गुलजार’ थियो ।
आज सुनसान छ । जे थियो, जति थियो, मंगलबारे नामको पहिचान त्यहि थियो । पहिचान उतिबेलै मेटिइसकेको हो ।अर्कातर्फ मंगलबारे नामले कुनै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको अवस्थापनि छैन । यद्यपि जनजिब्रोमा पुकारिने मंगलबारेको भौगलिक नाम कसैले खोसेको अवस्था छैन । मंगलबारे आजपनि, भोलि पनि मंगलबारे नै रहन्छ ।
भ्रम नफैल्याऔ –भुगोल मंगलबारे नै हो । मात्र अस्पतालको नामलाई रुपान्तरण गर्न खोजिएको हो, गर्ने नै हो । उदाहरणः–मंगलबारेमै रहेको इलाका वन कार्यालय आज सेक्टर वन कार्यालयमा रुपान्तरण भएको छ । आवश्यक्ता र औचित्यको आधारमा नामहरु बद्लिरहन्छन् ।
स्याल हुँइया मच्चाउने हुँडारहरुले बुझ्नुपर्छ– मंगलबारे, कुनै बाइबल, कुरान र वेदमा समेटिएको नाम हैन । जुन अकाट्य शब्द हैन, जो फेर्न नमिलोस्।
मच्चिने–मच्चिने अनि थच्चिने गरी रोइलो नगरौ । प्रदेश सरकार अघि बढिसक्यो, सिंगो नेकपा एकमत छ । कोइली कराउदै गर, रोटी सेकाउदै गर्छौ ।