पुष्कर खड्का
२९ जेठ, काठमाडौ । नेपालमा बिहीबार दिउँसो थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा नेपालमा बिहिबार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय १४ पुगेको छ। नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
बिहिवार थपिएका सङ्क्रमितमध्ये २ सय ३० जना पुरुष रहेका छन् भने २० जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै आज १ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ८ सय ६१ पुगेको छ भने,त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।