• काठमाडौ - उर्लावारीका युवा व्यवसायी निर्मल सिग्देलले मंगलबारेमा भइरहेको विरोध प्रदर्शनमा राजनीति घुसेको बताएका छन् ।

    उनले बिहीबार अस्पताल गेट अगाडी मुख्यमन्त्री शेरधन राईको पुत्ला दहन गर्नुले राजनीति घुसेको प्रष्ट देखिएको मंगलबारे पेजलाई बताए ।

    उनले भने,'अहिले अस्पतालको नामाकरण वैधानिक रुपमा परिवर्तन भइसकेको छैन । छलफल गर्ने स्टेपहरु अझै छन् । पछि नाम चेन्ज भएर आयो भने पनि प्रदेश सरकरलाई अपिल गर्ने ठाउँ थियो । बजेट अझै आइसकेको छैन । पुत्ला दहनले राजनीतिक रंग देखियो ।'

    उनले भने,'आज एउटा मंगलबारे नाम भनेर निस्किएला,भोलि अर्को मदन भण्डारी भनेर निस्किएला,पर्सी जुनसुकै नाम भएपनि हुन्छ भनेर.निस्किएला, अब यसमा बहस गर्ने कि सधै प्रदर्शन मात्रै गर्ने? '

    'अहिले गरिब/सोझा जनतालाई कोरोनाका बेला प्रदर्शन गर् ल्याउँदा गर्दै कोरोना फैलियो भने यसकाे जिम्मा कसले लिने? 'सग्दिलले भने ।

    'काङ्ग्रेस र कम्युनिष्टको यो जुगाकाे लडाईँले भोलि ट्रमा बनेन भने यसको जिम्मा कसले लिने ? ' सिग्दलले प्रश्न गरे ।

    उर्लावारी फुटसल तथा मोरङ मोडल कलेजका सञ्‍चालक समेत रहेका सिग्देलले अस्पतालको नामाकरण वैधानिक रुपमा अहिले पनि मंगलबारे नै भइरहेको परिपेक्षमा मुख्यमन्त्रीको पुत्ला दहन गर्नु गलत भएको बताए । उनले यसमा राजनीति घुसाइएको दाबी गरे ।

    उनले मंगलबारे अस्पतालमा हालसम्म केही पार्टीको भर्तीकेन्द्र बनाएर बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ती गर्दा चुप लाग्‍नेहरुले नै आन्दोलन गरेको उनको दाबी छ । उनले अस्पतालमा नेकपा र कांग्रेस दुवैलाई राजनीति नगर्न चेतावनी दिए ।

    उनले भने,'अहिले नेकपा र कांग्रेस भनेर आन्दोलन गरेका छन् । कांग्रेस र कम्युनिष्ट भन्दै सामजिक सञ्‍जालमा विवाद गर्दा युवाहरुमा नराम्रो सन्देश जान्छ । यसले भोलिका दिनमा दिने नतिजा के हो ?नयाँ पुस्ताहरूमा झगडाकाे बिउ रोपियो भने यसले भोलिका दिनमा दिने नतिजा के हो ? कसले जिम्मा लिन्छ? '

    लकडाउनको बेला गरिब विपन्‍नहरुलाई कुनै पार्टी नभनी राहत सहयोग समेत दिँदै आएका व्यवसायी सिग्‍देलले मंगलबारेमा ट्रमा सेन्टर बन्दा सम्पूर्ण उर्लावारी क्षेत्रको विकास तथा व्यवसाय बढ्ने भएकाले नामाकरणलाई लिएर राजनीति नगर्न आग्रह गरे ।

    उनले भने,'अहिले उर्लावारी मंगलबारे भन्दै मानिसहरु विवाद गर्न थालेका छन् । यसले हिजोका दिनमा बरगाछी हाटखोला जस्तै विवाद निम्तन सक्छ । यही हो हामीले चाहेको ? यसले कसलाई भलो गर्छ ? '

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…