पुष्कर खड्का ३० जेठ
काठमाडौ - काठमाडौं उपत्यकाभित्र सरकारले आज बाट जोरविजोर प्रणलीमा सवारी सञ्चालन गर्ने भएको छ ।
निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीमा सो नियम लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनु भयो ।
ढकालले दिएको जानकारी अनुसार आज देखि काठमाडौँ उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने जनाएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । तर उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानेर यो व्यवस्था लागू गरिने छ ।
‘जोर गतेको दिन जोर नम्बर भएका सवारी र बिजोर गतेको दिन बिजोर नम्बर प्लेट भएका सवारी चल्ने छन्,’ एसएसपी ढकालले भने ।सरकारी कार्यालयको हकमा गुड्ने कर्मचारी बोक्ने बसमा भने असार १ गतेबाट यो नियम लागू हुनेछ ।
सरकारले मोटरसाइकलमा चालक मात्र र चार पाङ्ग्रे सवारीमा चालक बाहेका दुई जना राख्न पाउने व्यवस्था गरेको छ । त्यस्तै कर्मचारी बोक्ने सवारीले पनि एक सिटमा एक जना राखेर दूरी कायम गर्नुपर्ने ढकालले जानकारी दिए ।
काठमाडौं उपत्यकाभित्र १२ लाख सवरी दर्ता भएका छन्। जसमा दैनिक १० लाख सडकमा गुड्ने गरेका छन्। चालकबाहेक अन्य दुई जना बोक्न पाइनेछ। नर्सरी लगायतका व्यवसाय सञ्चालनमा आउनेछन् ।
पूर्वाधारका सबै आयोजना निर्वधा सञ्चालन हुनेछन्। निर्माण सामाग्री उत्खनन्, संकलन ढुवानी लगायतका सबै काम खुला भएका छन्।
सञ्चालित व्यवसायका कामदार ल्याउने पुर्याउने प्रयोजनका लागि पनि तोकिएको शर्त पूरा गरेर सवारी साधन सञ्चालन गर्न पाइने ब्यवस्था रहेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनु भयो ।