काठमाडौ - काठमाडौँमै बस्दै आएका युवाले आफ्नै प्रेमिकाको नग्न फोटो पठाएर बिदेशमा बस्ने नेपालीहरु संग लाखौ रकम उठाएको प्रमाण सहित प्रहरीले पक्राउ गरेको छ ।
लकडाउनको कारण प्रेमिका गाउँमा रहेको मौकामा ‘रोजिना’ नामको फेसबुक आईडी खोलेर फेसबुकमार्फत् उनी अर्थात रोजिनाको कथित प्रेमीले स्वदेश तथा विदेशमा रहेका नेपाली केटाहरुसँग म्यासेन्जरमा च्याट गर्थे र ।रोजिना नामको फेसबुकबाट विदेशमा रहेका जो कोही केटाहरुसँग भावुक कुराहरु गर्दथे ।
आफ्नो प्रेमिकालाई कोठामा लिएर गएको बेला खिचेको त्यही ‘नग्न फोटो’ विदेशमा रहेका नेपालीलाई उनले पठाउथे उता विदेशमा केटाहरु पनि केटी नै हो भन्ठानेर मख्ख पर्दै गफिदै बिभिन्न पोजको फोटो पठाउन समेत भन्थे र उनले पनि प्रेमिका (रोजिना) को
नाङ्गो फोटोहरु पठाइदिन्थे
काठमाडौँ बसेर अध्ययन गर्दै आएकी इलामकी २१ वर्षीया रोजिना (नाम परिवर्तन) यतिबेला गाउँमै छिन् । लकडाउनको कारण रोजिनाको आफ्नो प्रेमीसँग भेट हुन सम्भव छैन । रोजिनाको प्रेमी चाहिँ काठमाडौँमै बस्छन् ।
काठमाडौँमा रहँदा उनी र उनका प्रेमी प्रायः डेटिङ जान्थे । एकान्तमा बसेर भावना साटासाट गर्दा उनलाई पनि रमाइलै लाग्थ्यो । एक दिन उनका प्रेमीले काठमाडौँस्थित गौशालामा रहेको आफ्नो कोठामा जान प्रस्ताव गरे । उनले सहजै स्वीकार गरिन् ।
सुनसान कोठामा फकाईफुलाई प्रेमीले रोजिनासँग शारीरिक सम्बन्ध राखे । त्यतिमात्र नभइ रोजिनाको नाङ्गो तस्बिरहरु पनि खिच्न भ्याए । रोजिनाको उक्त नग्न फोटो विदेशमा रहेका नेपालीहरु समक्ष पुगेको पाइएको छ ।
यता, आफ्नो ‘न्युड फोटो’ विदशेमा रहेको पुरुषहरुसमक्ष पुगेको छ भन्ने कुरा गाउँमा रहेकी रोजिनालाई के थाहा ? तर पनि प्रहरीकोमा पुगेपछि मात्रै रोजिनाले घटनाबारे जानकारी पाइन् ।
गत हप्ता महानगरीय अपराध महाशाखा टेकुमा ती युवकको दाई घटनाको विवरण लिएर पुग्छन् । तत्कालै रोजिना नामको फेसबुक आईडीबारे प्रहरीले अनुसन्धान थाल्छ ।
‘रोजिना’ नामको फेसबुक कहाँबाट चलेको छ भन्ने महाशाखाको टोलीले पत्ता लगाउँछ । र, ती युवकलाई प्रहरीले ७० हजार नेपाली रुपैयाँ आईएमईमार्फत रोजिनालाई पठाइदिन भन्छ ।
रोजिनाले भने आफ्नो नाममा नभएर अर्का कै नाममा पैसा पठाउन भन्छ । मलेसियाबाट ती युवकले रोजिनाले भनेको व्यक्तिको नाममा नै पैसा पठाइदिन्छन् ।
पैसा झिक्न गएको मौकामा ती व्यक्ति अपराध महाशाखाको फन्दामा पर्छन् । ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा रोजिना नामको केटी ती युवकको प्रेमिका रहेको खुल्छ ।
प्रेमिकाको नाममा नक्कली आईडी खोलेर विदेशमा रहेका २ दर्जन पुरुषहरुलाई ‘नग्न फोटो’ पठाएर पैसा मागेको अभियुक्तले स्वीकार गर्छन् । र, ती अभियुक्त अर्थात् कथित प्रेमीचाहिँ खोटाङ घर भएका एकराम राई हुन्, जो यतिबेला प्रहरीको नियन्त्रणमा छन् ।
फेसबुक च्याटमा कुराकानी हुँदा फोटो पठाऊ भन्थे,’ एकरामले भनेका छन्, ‘मैले पनि केही पनि नसोची फोटो पठाइरहेँ । पैसा कमाउनको लागि गलत बाटो रोजेँ कि भन्ने पनि सोच्ने गर्थेँ, तै पनि सही बाटो रोज्न सकिनँ ।’
एकरामका अनुसार हालसम्म विदेशमा रहेका २ दर्जनभन्दा बढी पुरुषहरुलाई प्रेमिकाको ‘नग्न फोटो’ पठाएर पैसा मागेका छन् । कति पुरुषले पैसा पनि पठाएका छन् भने कतिले पछि पठाउँछु भनेका थिए ।
विदेशमा रहेका पुरुषलाई आफ्नै नग्न तस्वीर पठाएको कुरा रोजिनालाई थाहा नभएको एकरामले बताएका छन् । महाशाखाका एसएसपी दीपक थापाका अनुसार कथित प्रेमी राईले प्रेमिकाको नग्न तस्वीर पठाएर असुली धन्दा नै चलाएका थिए ।
प्रेमिका गाउँमा रहेको मौकामा पैसा कमाउने उद्देश्यले यस्तो काम गरेको राईले प्रहरी समक्ष बयान दिएको भन्दै त्यसबारे एकरामकी प्रेमिका रोजिनालाई खबर गरिसकेको एसएसपी थापाले बताए ।
रोजिनाले आफ्नो नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने प्रेमी एकरामविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गर्ने तयारी गरेकी छन् । ‘विश्वास गरेको मान्छेले त यतिसम्म गर्छ भने अरुको के विश्वास ?,’ रोजिना भन्छिन्, ‘घरपरिवारलाई घटनाबारे खबर गरेर प्रहरीमा जाहेरी दिँदैछु ।’
यो समाचार रातोपाटीमा प्रकाशीत समाचार हो ।