• अस्पताल नामाकरणको विषयमा बेतिनी सीमसारका अध्यक्ष भीम राई भन्छन्,' आवेगसँगै विवेक नगुमाऔं'


    उर्लावारी २स्थित बेतिनी सीमसारका अध्यक्ष भीम राईले मंगलबारेवासीलाई आवेगसँगै विवके नगुमाउन आग्रह गरेका छन् । उनले अस्पताल नामकारण विषयमा अनावश्यक रुपमा वादविवाद गर्दा विविध पक्षहरुको ख्याल गर्नुपर्ने भन्दै सामजिक सञ्‍जालमा आफ्‍ना विचार तथा धारणाहरु प्रष्ट्याएका छन् । उनले मंगलबारेवासीलाई विवेकले काम गर्न अपिल गरेका छन् ।


    उनले पोख्त गरेको विचार यस्तो छः
    ''प्रदेश सरकारले मौजुदा मंगलवारे अस्पताललाई स्व. जननेता मदन भण्डारीको नाममा ट्रमा सेन्टर स्थापना गरि स्तर उन्नति गर्ने निति योजना पारित गरे संगै केही दिनयता यस विषयले खासगरी स्थानिय मंगलबारे क्षेत्रमा यो र्मी माथि सरगर्मी बढाएको छ ।
    यसमा २/३ प्रश्नहरु जन्माइएका छन् । स्थानीय पहिचान नहराओस् भन्ने, राजनितीकरण हुनु हुन्न भन्ने र यही नाममा स्तर उन्नति गर्दा के हुने..?

    मुख्य यिनै सवालहरु सतहमा देखिएका छन् र यो स्थानीय सर्वसाधारणमा जान अन्जान,बुझेर नबुझेर पनि सवाल उठ्नु सामान्य र स्वभाविक थियो । विस्तारै यो राजनितीक मसला हुन पुग्यो र प्रदेशको निर्णय समर्थन र विरोध गर्ने दुई पक्षमा मंगलबारेवासी अनायसै ध्रुविकरण तर्फ अगाडि बढरहेका छन् ।

    दुःख लाग्छ हाम्रो यो पुरानै प्रवृत्ति हो । र हामी विरोध र निषेधमा अल्लि बढ नै छौं । प्रदेश सरकारको कानुनी क्षेत्राधिकार अनुसार उसले प्रकिया अगाडि बढाउला सो प्रदेश जान्दछ।
    पहिचान के हो ? राजनीतिकरण के हो ? यसमा पछि विश्लेषण गरौं । हामीले विवेक पुर्याउनु पर्ने कुरा मंगलबारे क्षेत्रको विकास हो । चौतर्फी विकास । मंगलबारे कुनै समय लेटाङ्गदेखि हसन्दह अमरदह, मधुमल्लादेखि राजघाट र दुर्गापुरी आसपास क्षेत्रको व्यापारीक केन्द्र थियो । अहिले कहाँ छ मंगलबारे ?

    किन बनाएनौ मंगलबारेलाई ? किन विकास भएन मंगलवारेको ?
    पछि जन्मेका उर्लाबारी र पथरी कहाँ पुग्यो ? कसले छेक्यो मंगलवारेलाई ? विचार पुर्याउ विगतलाई निर्मम समीक्षा गरौं । प्रदेशलाई कुनै समस्या छैन हामी विरोध जति नै गरौं अन्य ठाउँ नपाएर मंगलबारेमा वनाउन खोज्या हैन ट्रमा सेन्टर । कुरा बुझौं । खासगरी बक्राहा पश्चिमका उर्लाबारीवासीहरु हामी अरुलाई दोष लाउन निपुर्ण छौं । मैले देखेको छु,बुझेको छु ।
    कतिपय विषयहरुमा हामी पारि उर्लाबारीवासिसँग पनि खेद गुनासो गर्ने गर्छौं । कि वारीलाई नेतृत्व दिँदैनन भनेर । विकास योजनाहरु उतै हत्याउँछन् भनेर । मलाई ताजै याद छ ईलाका प्रशासन कार्यलय मंगलवारेमा ल्याउन केके भयो भनेर ।

    स्वभाविक हो उर्लाबारीले उर्लाबारीकै विकास गर्छ । विकास गर्न चाहान्छ । त्यसैले मंगलवारेले नै मंगलबारेको विकास गर्न सक्नु पर्छ । भ्रम नहोस् जसरी पथरीले उर्लाबारीको विकास गर्दैन।
    विपि र मदन भन्डारी यो देशका मुर्धन्य नेता हुन् । यिनका नाममा कुनैपनि विकास सहयोग आफ्नो क्षेत्रमा आउँछ भने आपत्ति किन ? राजनीतिक दाउपेज र पहिचानको अहंकारमा स्वर्गीय नेताहरुको अवमूल्यन नगरौं । सक्छौं आफैं गरौं, सक्दैनौं थोरै झुकऔं । आवेग मात्रै हैन थोरै विवेक पुर्याऔं । ''
    (राईद्वारा आफ्नो फेसबुका वालमा राखेको विचार)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…