स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ पुगेको छ। यसै साता मुल्य ९० हजार नजिक पुग्ने सम्भावना देखिएको छ। सुनको भन्सारदर बढाएसँगै सुनको मूल्य बढ्न गएको हो।
सरकारले सुनको भन्सार दर करिव २ हजार ३ सय रुपैयाँले बृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जानु र बजेटमार्फत भन्सारदर बढेकाले सुनको मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइबार बजार खुल्दा प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम रहेको सुनको मूल्य बिहीबार बढेर तोलामा ८९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
बुधबार ८८ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य एकै दिन तोलाको एक हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।