• धैर्यको वाँध फुटेपछि नागरिक स्वतस्फूर्त सडकमा
    २०७७ जेठ ३० शुक्रबार


    काठमाडौं
    । कोरोना महामारी बिरुद्ध लड्न भनेर सरकारले १० अर्ब खर्च गरेको विवरण देशैभरका नागरिकले पत्याएनन। बरु आम नागरिकले आफ्नै आँखा अगाडी भ्रष्टाचार भएको देखे। अनियमितता र अव्यवस्था देखे।

    ७० दिन कट्दा समेत लकडाउनलाई समर्थन जनाएर घरमै बसेका नागरिकको धैर्यको वाँध फुटेपछि अहिले यूवाहरुको नेतृत्वमा देशैभर स्वतस्पूर्त सरकार बिरुद्ध प्रदर्शन शुरु भएको छ। देशैभरको प्रदर्शनमा पारदर्शिता र सुशासनको माग गरिएको छ।

    बुटवलमा पनि युवाहरुले सरकार विरुद्ध प्रदर्शन गरे। मुख्यमन्त्री शंकर पोख्रेललको कार्यालय अगाडी धर्ना दिने र सरकार विरुद्ध नारवाजी गर्ने उद्देश्य रहेपनि विफल वनाउन बुटवल वजारमा वाक्लो सुरक्षाकर्मी परिचालन गरिएको हाम्राकुराका सहकर्मी नारायण वलीले जानकारी दिए।

    प्रदर्शनकारीलाई मुख्यमन्त्री कार्यालयसम्म जान नदिन सुरक्षा अवस्था अत्यन्तै कडा वनाइएको थियो।रुपन्देही प्रहरी प्रमुख एसपी हेम कुमार थापाको र ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी सिंह राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले जुलुसलाई पटक पटक वल प्रयोग गरेर रोक्ने प्रयास गरेका थिए।

    भक्तपुरको सल्लाघारीमा पनि व्यापक प्रदर्शन भएको छ। सल्लाघारीमा बाटोको दायाँ वायाँ जम्मा भएर स्थानिय यूवाहरुले प्रदर्शन गरेका थिए।

    धुलिखेलमा पनि व्यापक प्रदर्शन भएको छ। गोरखा र उदयपुरमा पनि प्रदर्शन भएको खबर छ। उदयपुरमा पत्रकार विश्व तामाङले मध्य दिनको गर्मीमा पनि सयौं यूवाहरुले पारदर्शिता र सुशासनको माग गर्दै सिर्जनात्मक विरोध प्रदर्शन गरेको बताए। इनफ इज इनफ समुहका तर्फबाट शनिवार काठमाडौं माइतीघरमा वृहत प्रदर्शनको तयारी छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…