गोमा नेपाल
इतिहास मेटाउने प्रयत्न गोमा नेपालसामान्य बुझाईमा विकास भन्ने वित्तिकै सडक,पुल , स्कुल, कलेज , अस्पताल , खेलमैदान , जस्ता स्थायी भौतिक संरचनाहरुको निर्माण एवंव्यवस्थापन भनेर बुझ्ने गरिन्छ ।
नयाँ सोच अनुसार विकासका धेरै आयाम एवं परिभाषाहरुछन् ।तथापि हामी सामान्य बोलीचालीको भाषामा‘यथास्थितमा आउने सकरात्मक परिवर्तन नैविकास हो’ भन्ने गछौं । प्राचिनकाल देखि नै भौतिक संरचनाहरुनिर्माणहुँदाका बेलामा तिनको नाम राजामहाराजा , स्थानीय ठाँउको पहिचान , ट्रष्ट, संरक्षक, शासक राष्ट्रिय विभूति, शहीद एवंराष्ट्रिय गौरवसँग जोडेर गरिएको पाइन्छ । आधुनिक नेपालमा पनि २ सय ४० वर्षराजाहरुले शासन गरे । १ सय ४ वर्ष राणाहरुले शासन गरे । २००७ सालको परिवर्तनपछि अधिकांश समय राजाले शासन गरे पनि केही समय राजा र जनताको सरकार चल्यो । निरंकुश पञ्चायती शासनहुँदै २०४६ सालमा प्रजातन्त्र प्राप्तिसँगै शासन व्यवस्था परिवर्तन भयो । व्यवस्था परिवर्तन सँगै भौतिक पूर्वाधार निर्माणका कामहरुले तिब्रता पायो । तर केही यस्ता निर्णयहरु प्निभए जसले इतिहास मेटाउन बल पुर्यायो जस्तै राजा महेन्द्र शाहको पालामा बनेको पूर्व पश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग नामाकरण गरिएको थियो । तरअहिले पूर्वपश्चिम लोकमार्ग नामाकरण गरियो। पंचायतका नाममा चलेका कतिपय सरकारी संस्थाहरुखारेज भए । राजाका शालिकहरु भत्काइए ।
सरकारी स्वामित्वमा रहेका केही स्थायी संरचनाहरु ऋझ सम्म चलिरहेका छन । अझ २०५२सालदेखि जनयुद्धका नाममा ऐतिहासिक सम्पदा तोडफोडमात्रै भएनन् हत्याहिँसा र महत्वपूर्ण अभिलेखहरु आगजानीगरी नष्टगर्ने काम समेत भयो । देश स्थायी हो , तर राजनीतिक व्यवस्था परिवर्तनशील हुन्छन् । जुन सुकै मुलकमा पनिसमयक्रममा राजनीतिक व्यवस्था परिवर्तन हुने गरेका धेरै उदाहरण छन् । नेपालमा पनि धेरैपटक राजनीतिक व्यवस्था परिवर्तन भइसके ।व्यवस्था परिवर्तन सँगै नयाँ निर्माणहुने विकासकाकामलाई तिब्रताका साथ अघि बढाइए । योबुद्धीमत्तापूर्ण कदम हो, यद्यपि, पुरानो संरचना तथा अभिलेखलाई विनास गर्नु भन्दा जोगाएरराख्नु बुद्धीमत्ता हुन्छ । शासनव्यवस्था फेरिनुअर्कै कुरा हो , तर इतिहास बोकेका धरोहर मेटाउनु भनेको भावि पुस्तालाई सहीमार्ग देखाउन नसक्नु हो । पछिल्लो समय मोरङ जिल्लाको उर्लावारीनगरपालिकास्थित मंगलबारे अस्पतालको नाम परिवर्तनको विषयलाई लिएर यहाँकास्थानीयबासी युवा, राजनीतिकदल , नागरिक समाज ,लगायत चरणबद्ध आन्दोलनरत छन् ।
गतसातामात्रै प्रदेश १ सरकारकातर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीद्धारा प्रस्तुत नीतितथा कार्यक्रममा ‘मंगलबारे अस्पताल तथा ट्रमा सेन्टर’को नाम परिवर्तन गरी ‘ मदन भण्डारीअस्पताल तथा ट्रमा सेन्टर’ राखिनेछ भन्ने कुरा आएपछि उर्लावारीका स्थानीय आन्दोलनरतछन् । उर्लावारी ३ मा पर्ने मंगलबारेक्षेत्रपूर्वी नेपालकै जल्दोबल्दो हबका रुपमा रहेको इतिहास छ । लेटाङ,मधुमल्ला,,पथरी, हसन्दह,अमरदह,कूलझोरा, राजघाट, दमकलगायतठाउँको ब्यापारिक केन्द्ररहेको थियो । २०४८सालको संसदीय निर्वाचनपछि बनेको सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक स्वास्थ्य केन्द्र स्थापनागर्ने कार्यक्रम घोषणा गर्यो । सोहीअनुसार २०४९ सालमा मंगलबारे प्राथमिक स्वास्थ्यकेन्द्र हुँदै मंगलबारे अस्पतालका रुपमा प्रख्यात भयो ।
यो सरकारको पूर्ण स्वामित्वमा चलेको अस्पताल हो । यसवर्ष १ शैयाबाट विस्तार गरी ५० शैयाकोप्रादेसिक अस्पताल बनाउने निर्णय गरिएको छ । यो निर्णयलाई स्थानीयबासिन्दाले निकैनै सकारात्मक रुपमा लिएका छन् । तर सरकारी संस्थाको नाम परिवर्तन गरी व्यक्तिका नाममाराखेकोमा दाँतमा ढुंगालाँगे जस्तो भएको छ । व्यक्तिको नाममा राख्दा त्यहाँ भोली राजनीति हुन्छ । मदनभण्डारी मुलुकको राजनीतिका अत्यन्त उच्च व्यक्तित्वहुन्, यसै क्षेत्रकाबासिन्दा समेत भएका कारण दलिय बिचार भन्दा माथि उठेर उर्लाबारीका मानिसहरुमदन भण्डारीलाई श्रद्धा गर्छन् । उनको नाममा ५० शैयाको प्रादेशिक अस्पताल होइनकी ५सय शैयाको नया ँअस्पताल खोल्नु पर्छ । तर राजनीतिक स्वार्थ साँध्ने उदेश्यले ५० शैयाको अस्पतालको नाम परिवर्तन गरी मदन भण्डारीसँगजोडियो । यो कदमले मदन भण्डारी स्वयंको उचाई घटाएको महशुस स्थानीयले गरेकाछन् । स्थानीय अस्पताल त स्थानीय पहिचान झल्कने गरी नामाकरणगर्नु पर्ने हो, सबैलेअपनत्वग्रहणगर्न सक्ने गरि व्यबस्थापन गर्नुपर्ने हो ।
स्थानीय ठाउँको पहिचान झल्कीने वर्तमाननाम नै सर्वप्रिय रहेको छ । मंगलबारे अस्पतालको करिव ५ सय मिटरदूरीमा मदन भण्डारी स्मृति प्रतिष्ठान नामको अर्को संस्था रहेको छ । २५ विगाहक्षेत्रफल जग्गामा रहेको उक्त प्रतिष्ठानमा कृषि , नर्सिङ , भेटनरी लगायतका प्राविधिक विषयहरु पढाई हुन्छन् । मदनभण्डारीसंग्रहालय , पार्क ,बालउद्यान जस्ता पर्यटक अकर्षण गर्ने एवं शैक्षिक सेवा मुलक मनोरन्जन दिनेसंरचना यथावत छन् । त्यस संस्थामा विशुद्ध नेकपा (पूर्व एमाले)को पकडतथा संचालन छ। कसैले विरोध गरेको छैन ।
बिपी उद्यानकोनाममा रहेको १७ बिगाहा जग्गाको आधा भाग मदन भण्डारी प्रतिष्ठानलाइ दिएर अझसहयोग गरेको कुरा स्थानीय बताउँछन् । यसै प्रतिष्ठानले स्थानीय खेल मैदानलाइ प्रयोगगरि सुविधा सम्पन्न मदन भण्डारी अस्पताल निर्माण गर्ने कुरा बिगत १५ बर्षदेखि योजनामाराखेको तर उक्त जग्गा घेराबारा गरेर बाली लगाउने काममात्र गरेको छ ।प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रस्तावगरेको अस्पतालको नामाकरण सहित स्तरोन्नतीको बिषयमा मुख्यमन्त्री शेरधन राईलेसंसदमा जवाफ दिदै प्रस्तावित नाम नै कायमगर्ने भन्ने बिषयले यहाँका स्थानीय बासिन्दा झनैआक्रमक आन्दोलनमा उत्रिएका छन् ।
अब सम्बन्धित निकायले बेलैमा यसको ठोस समाधानतर्फलाग्नु बुद्धिमत्ताहुन्छ । प्रस्तावित नामाकरणको बिषय उचित कारण सहित सरोकारवाला,हालको अस्पताल व्यबस्थापन समिति, स्थानीय सरकारका प्रतिनिधि,आन्दोलनरत स्थानियलगायत संग वार्ता छलफल र परामर्श नै समस्या समाधानको उत्तम उपाय हुनसक्छ ।