• काठमाडौं । नेपालमा यसवर्ष दुईदिन डिलो गरी मनसुन भित्रिएको छ । सामान्यतया जुन १० मा मनसुन भित्रिने गरेपनि यस वर्ष भने दुईदिन ढिलो जुन १२ मा मनसुन भित्रिएको हो ।


    अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ । देशका पहाडी क्षेत्रमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

    यस्तो छ दुई दिनको पूर्वानुमान :-

    जेठ ३१ गते (शनिबार)

    दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।पहाडि भूभागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

    रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।

    जेठ ३२ गते (आइतबार)

    दिउँसोः देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।

    रातीः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…