प्रतिनिधी सभाबाट आज संविधान संसोधन प्रस्ताव पास हुँदै छ ।
लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सालाई नेपालको निसान छापमा प्रतिबिम्वित गर्ने संविधान संशोधन पास गर्न प्रतितिनिधी सभाकाे बैठकका लागि १ बजेको समय तोकिएको छ ।
प्रतिनिधी सभा बैठककाे कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलले प्रस्तावको समर्थन गरेका कारण संसोधन प्रस्ताव सर्वसम्मत रूपले पारित हुनेछ ।
संसदबाट नयाँ नक्सा पास हुने भएकाले सरकारले सबै नेपालीलाई स्वागत गर्न आग्रह गरेको छ । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नयाँ नक्सा पास हुने भएका कारण स्वागत गर्न सबै नेपालीलाई आग्रह गरेका हुन ।