• काठमाडौं। पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा २४७ पुरुष र ३६ महिला रहेका छन् । हालसम्म कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ ।

    यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ बाराका पाँच वर्षीय बालकको मृत्यु भएको हो । 
    
    यही जेठ २८ गते पर्सामा एक पुरुषको शव भेटिएको थियो । नारायण्ी अस्पताल वीरगञ्जमा शव परीक्षणका क्रममा स्वाब सङ्कलन गरिएको र सोही अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको डा गौतमले जानकारी दिनुभयो । 
    
    यस्तै डिस्चार्ज हुनेको सङ्ख्या भने ३६ पुगेको छ । हालसम्म ९१३ जना डिस्चार्ज भएका छन् । त्यसमा ८२२ पुरुष र ९१ महिला रहेका छन् । निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । निमोनिया भएका ती बालकको आरडिटी र पिसिआर दुवै परीक्षण गर्दा दुवैमा पोजेटिभ देखिएको थियो । 
    
    यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६६१ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको सङ्ख्या कूल एक लाख २७ हजार २८८ पुगेको छ । यस्तै आरडिटी परीक्षणको सङ्ख्या एक लाख ९० हजार ५८२ पुगेको छ । पछिल्लो २४ घण्टामा आरडिटी परीक्षण मात्रै दुई हजार ५२० को गरिएको छ । यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको सङ्ख्या आज थप दुई गरी ४९७ पुगेको छ । 

    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…