• दीपक बास्तोला
    खेलकुद आफैमा शशक्त बिधा,जसमा उत्कृष्ठता देखाएर नाम र दाम दुबै कमाउन सकिन्छ । खेलकुदका बिभिन्न विधामा उर्लाबारीका खेलाडीहरु अब्बल छन् । जसले उर्लाबारीलाई खेलकुदको उर्भरभुमी भनेर चिनाएका छन् ।

    व्यवसायिक फूटबलको शुरूवात भएदेखि नै उर्लाबारीका खेलाडीहरूले विभिन्न प्रतियोगितामा निरन्तर रूपमा सहभागीता जनाउँदै आएका छन् । मोफसल होस्, या त राजधानीका ‘ए’ डिभिजन क्लबबीचको प्रतिस्पर्धामा उर्लाबारीका खेलाडी नै भेटिन्छन् । रजिन धिमाल हुन् वा निरज बस्नेत उनीहरू उर्लाबारीकै हुन् । यो सूची पल्टाउँदै जाने हो भने दीपेन्द्र धिमाल, प्रकाश बुढाथोकी, सञ्जिव बुढाथोकी, विजय धिमाल,मिक्चेन तामाङ,सुर्य अधिकारी,भुषण लिम्बू जस्ता थुप्रै खेलाडी जोडिन आइपुग्छन् । दिपेन्द्र हाल जिल्ला फुटवल संघ मोरङका अध्यक्ष हुन् ।

    बुढाथोकी हाल फुटबल प्रशिक्षकका रुपमा क्रियाशिल छन् । प्रकाश हाल व्यापार व्यवसायमा क्रियाशिल छन् ।
    रजिन बिजय मिक्चेनले नेपाल जर्सीमा अन्तराष्ट्रिय स्तरको गेमहरु खेलिसकेका छन् । सुर्य,भुषन निरज रुपेश र भुषणले उमेर समुहको अन्तराष्ट्रिय खेलिसकेका छन् ।
    एन्फाको उमेरसमूह टोलीमा पनि बर्सेनि एकदुईजना खेलाडी उर्लाबारीबाट छनोटमा पर्दै आएका छन् ।
    उर्लाबारी फुटबलसँगै क्रिक्रेट,भलिबल,कराँते, बडीबिल्डीङ दौड प्रतियोगिता लगायत हुँदै आएको छ । सामुदायिक बिकास मञ्चले बर्षेनी उर्लाबारी रन गर्दै आएको छ । नेपालमा सम्पन्न साग गेममा पुरूष फुटबल तर्फ स्वर्ण पदक जित्न सफल उर्लाबारीका मिक्चेन तामाङ र महिला फुटबल तर्फ रजत पदक जित्न सफल पछिल्लो पुस्तामा हटकेट हुन् ।

    खेलकुदको माध्यमबाट राष्ट्रको नाम उच्च राख्न महत्वपूर्ण योगदान पुर्याउने एक जना खेलाडीलाई प्रत्येक बर्ष उर्लाबारी बर्ष खेलाडी घोषणा गरि प्रोस्सान स्वरूप पुरस्कृत गर्ने तयारी समेत गरेको थियो । सो कार्यक्रम लकडाउनका कारण रोकिएको छ ।
    हाल उर्लाबारी खेलकुद विकास समितिका अध्यक्षमा भीष्म बुढाथोकी हुनुहुन्छ ।
    उर्लाबारीमा पुरुष खेलाडीहरु मात्र हैनन्, महिला फुटवलरहरु पनि उत्तिकै अब्बल छन् । कबिता धिमाल, लिला लाम्गादे यहाँका महिला राष्ट्रिय खेलाडीहरु हुन् ।
    उर्लाबारी खेलकुद बिकास समितिको आयोजनामा २०७२ सालमा उर्लाबारीमा पहिलो पटक जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न भयो । त्यसपछि उर्लाबारीमा महिला फुटबलको विकास गराउने उदेश्यले नगर खेलकुद विकास समितीले राधिका मावि र मंगलवारेमा महिला खेलाडीलाई प्रशिक्षण गराएको थियो ।
    उर्लाबारीमा त्यसपछि उर्लाबारीमा महिला खेलाडीहरु उत्पादन भए । यहाँका महिला खेलाडीहरु केराबारी गोल्डकप,चुलाचुली गोल्डकप लगायत बिभिन्न प्रतियोगितामा भाग लिए । जसमा चुलाचुलीमा उत्कृष्ट नतिजा आएको थियो । नगर खेलकुदको सक्रियता पछि र महिला खेलाडीको कलाकौशलले यहाँका महिलालाई पूर्वाञ्चलका बिभिन्न प्रतियोगितामा बोलाईन थालिएको छ । सहभागिता जनाउने गरेका छन् ।

    उर्लाबारी गाविस हुँदै नगरसम्म आईपुग्दा फुटबल बिधामा निक्कै ख्याति कमाउन सफल रह्यो ।
    उर्लाबारीले राष्ट्रिय स्तरका खेलाडीहरु थुप्रै पाएको छ । प्रदेश नम्बर १ मै एउटै नगरमा यति धेरै राष्ट्रिय खेलाडी भएको नगर उर्लाबारी नगरपालिका हो भन्दा सम्बवत फरक पर्दैन् ।
    उर्लाबारीमा उर्लाबारी मेयर कप बर्षेनी भईरहेको छ । जहाँबाट पनि नयाँ प्रतिभावान खेलाडीहरुको पहिचान भइरहेको छ ।
    उर्लाबारीका खेलाडीहरुले फुटवलको माध्यमबाट राष्ट्र तथा अन्तराष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाईसकेका छन् ।
    उर्लाबारीलाई फुटवललाई मात्र नभएर भलिबलमा पनि चिनाउनका लागि नगर खेलकुद विकास समितीले भलिबलको प्रशिक्षण दिने काम गर्यो । पूर्व भलिबल खेलाडी बीरबल थापा, प्रेम डाँडीको लामो समयको ग्याप पछि पुनः नयाँ पुस्ता उत्पादनको क्रममा छन् ।
    हालको पुस्तामा तेह्रथुममा उर्लाबारी नगरको भलिबल टोली फाईनलमा पुथ्यो । उर्लाबारी खेलकुद विकास समितीले २०७४ मा भलिबल प्रतियोगिताको आयोजना गर्यो । जसमा पनि उर्लाबारी फाईनलमा पुग्यो । महिलाहरुलाई पनि भलिबल प्रशिक्षण दिईयो । जस अनरुप महिलाहरु पनि सहभागिता जनाउदैं आएका छन् ।
    उर्लाबारीका क्रिक्रेट खेलाडीहरु पनि नगर खेलकुद विकास समितीले बर्षेनी बल ब्याट लगायत आवश्यकता अनरुप सहयोग गर्दै आएको छ ।
    एकताका भगवान राईले उशु खेल उर्लाबारीमा प्रशिक्षण दिने काम गरेका थिए । त्यहाबाट पनि सयौं खेलाडीहरु उत्पादन भए । यद्यपि, भगवान राईले त्यसलाई निरन्तरता दिन सकेनन् । केहि युवापुस्ताले उशु सिकाए पनि भनेजस्तो साथ नपाउदा बैदेशिक मुल भाषिएका छन् ।

    थर्ड डन मानबहादुर थोप्राले उर्लाबारीमा मात्र नभएर पूर्वी मोरङमै कराँते सिकाउदैं आउनुभएको छ । नगर तथा सहयोगीहको साथ सहयोग पाउँदा उहाँले बर्षेनी पूर्वाञ्चल स्तरीय सितेरियो कराँते प्रतियोगिता गर्दै आउनुभएको छ ।

    मोरङको उर्लाबारीमा राष्ट्रिय स्तरका खेलाडीहरु प्रशस्त भएपनि खेलकुदका गविबिधी जति हुनुपर्ने हो हुन सकेको छैन । क्षेत्रिय राष्ट्रस्तरको गतिविधी त एकादेशको कथा नै भईसक्यो भने फाट्ट फुट मात्रामा नगरस्तरीय खेलचाँहि हुने गरेको छ । यहाँको गरिमा बोकेको उपेन्द्रथापा स्मृति गोल्डकप, मदन भण्डारी गोल्डकप,मचिन्द्र लिङथेप फुटवल हुन छोडेको छ । खैर यि प्रतियोगिता नभएपनि हिलैमा फुल्छ कमल भनेझै राष्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा स्तरीय खेलकौशल देखाएर खेलाडीहरुले यहाँको नाम उँचो राखेका छन् । यहाँका आयोजकहरुले प्रतियोगितालाई निरन्तता दिन सकेका छैनन्, निजी तथा सरकारी क्षेत्रका साथ सहयोग लिएर अक्षयकोष खडा नै गरेर उर्लाबारीको खेलकुद गतिविधीलाई अझै दर्विलो बनाउदैं खेलक्षेत्रमा खेलाडीहरुको भबिष्य सुनिश्चित हुने मार्गचित्र बनाउन आवश्यक छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…