काठमाडौं– नेपालको नयाँ नक्सासहितको निशान छाप परिवर्तन गर्न प्रतिनिधि सभाबाट संविधान संशोधन विधेयक पारित भएको छ ।
विधेयकको पक्षमा सबै दल एक ठाउँमा उभिएका छन् । पक्षमा २५८ मत परेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा २७५ सांसद छन् । विपक्षमा कुनै पनि मत परेन । संविधान संशोधनका लागि तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमत आवश्यक पर्दछ ।
जनता समाजवादी पार्टीका सांसद सरिता गिरी भने बैठक सुरु भएलगत्तै बहिष्कार गरेर बाहिरिएकी थिइन् ।
संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्रको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।