३२ जेठ,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बस्दै छ ।
(एमसीसी) परियोजनाबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।
आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।
संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दवाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ ।