पुष्कर खड्का
३२ जेठ, काठमाडौ । कर्णाली प्रदेशमा आइतबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कर्णालीमा ९ सय ६७ जनामा कोरोना संक्रमण पुगेको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।