पुष्कर खड्का
१ असार, काठमाडौ । नेपालमा सोमबार दिउँसो थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा नेपालमा सोमबार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
https://www.facebook.com/mohpnep/videos/295851028238239/?app=fbl
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु काठमाण्डौका ५, झापाका १, मोरङ्गका २२,पर्साका १०, रौतहटका १०२, तनहुका ५, अछामका ३, डोटीका ४, बाकेका ५, बर्दियाका १६, प्युठानका ३, दैलेखका ९३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाचिका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, सुर्खेतका १९, रोल्पाका ४, दाङ्गका ४३, धादिङ्गका ९, ललितपुरका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिराहाका ४ गरी ४५१ कोरोना संक्रमित थपिएका छन।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ हजार २ सय ११ पुगेको छ। नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
सोमबार थपिएका सङ्क्रमितमध्ये ४ सय १६ जना पुरुष रहेका छन् भने ३५ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै आज ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १ हजार ४१ पुगेको छ भने,जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।