पुष्कर खड्का
२ असार,काठमाडौ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
नेपाल प्रहरीकले सोमबार गरेको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयलका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।
सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा महानगरीय ट्राफिक महाशाखाका एसपी जीवन श्रेष्ठलाई पठाइएको छ ।
यस्तै मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नविनराज राई, भत्तलपुरमा तारादेवी थापा, बाँकेमा ओम बहादुर राना र तनहुँमा अरुण पौडेलको सरुवा भएको छ ।