काठमाडौँ । आज असार २ गते अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ९४ पैसा पुगेको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ९८ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ ७३ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ २२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४९ रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५० पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २० पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२१ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ९३ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३९६ रुपैयाँ १० पैसा रहेको छ।