• पुष्कर खड्का
    २ असार, काठमाडौं । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका अध्यक्ष डिङम दोर्जी शेर्पाको मृत्युु भएको छ ।

    अध्यक्ष शेर्पाको ३९ वर्षको उमेरमा मंगलबार बिहान ८ :३० बजे मृत्युु भएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनु भयो ।

    प्रवक्ता लाक्पाछिरी शेर्पाले दिएको जानकारी अनुसार सानो आन्द्रामा क्यान्सर भएर विगत १० महिनादेखि थलिनुभएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टर मार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो ।आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो ।

    आफूले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि शेर्पाले उपाध्यक्ष टासील्हामु शेर्पालाई जेठ १२ गतेदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।


    त्यति नै बेला उनले सामाजिक सञ्जाल मार्फत वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा कर्मचारीहरु समेतलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका थिए । तत्कालीन एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…