•  

     

     


    नेपाल टेलिकमले कोभिड–१९ को महामारीका कारणले मुलुकमा कायम रहेको बन्दाबन्दी(लकडाउन) अवधिमा नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राखी विभिन्न व्यवस्था गरेको छ । टेलिकमले आफ्ना सेवामा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ ।

     

     

    टेलिकमले आज विज्ञप्ति जारी गरी सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि यस्ता महसुलमा नियमानुसार विलम्ब शुल्क लागू हुने जनाएको हो । जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट ती सेवाको प्रयोगमा नियमित शुल्क लागू गरिएको छ । भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने छ ।

     

     

    नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित चार जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानमा कम्पनीले दुई वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो । ती स्थानहरुलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा पुनः सञ्चालन गरिएकामा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः दुई महिना निस्शुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

     

     

    त्यसैगरी कम्पनीले एफटीटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टीभी सेवासमेत उपलब्ध गराउन सकिने एफटीटीएच सेवाको मर्मतसम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अप्रेटरलाई गुनासो टिपाउन सकिनेछ । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…