पुष्कर खड्का
३ असार,काठमाडौ । नेपालमा बुधबार दिउँसो विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा नेपालमा बुधबार ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु महोत्तरीका २००,रौतहटका १२७,उदयपुरका ४, सिराहाका १, मोरङ्गका ९, झापाका २, धनुषाका २६, बाराका ७, कपिलवस्तुका १०, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, अर्घाखाचिका १२, कैलालीका १, पर्वतका ३, नवलपरासी पुर्वका १७, गुल्मीका २६, बाकेका १, बर्दियाका ३१, दाङ्गका ८, सल्यानका २७, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कन्चनपुरका ७ गरी ५८६ जना कोरोना संक्रमित थपिएका छन।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ हजार १ सय ७७ पुगेको छ। नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।त्यस्तै आज ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १ हजार १ सय ६७ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।