• पुष्कर खड्का
    ४ असार,काठमाडौ । नेपालमा बिहीबार दिउँसो विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले नेपालमा बिहिवार ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।


    मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु अर्घाखाचीका ९७,दैलेखका ८७, डडेल्धुराका ८४,झापाका २, मोरङका १, अछामका ४४, बैतडीका २५, बाझुराका ४१,काठमाण्डौका २, भक्तपुरका ३, ललितपुरका १, कैलालीका ४२, कपिलवस्तुका १७, नुवाकोटका २, रौतहटका ३४, रुपन्देहीका १२, सर्लाहीका २, सिन्धुपाल्चोकका १, महोत्तरीका १, सिन्धुलीका १, पर्वतका ९, चितवनका १, धनुषाका २९, बाग्लुङ्गका १, मनाङ्गका १, नवलपरासी पुर्वका ३१, नवलपरासी पश्चिमका २, स्याङ्जाका ९, तनहुका १५, गेरखाका ११, गुल्मीका ३, पाल्पाका ६, रोल्पाका १, बाँकेका ३, बर्दियाका ३, दाङ्गका ४, सुर्खेतका ३४, बझाङ्गका २, कन्चनपुरका २ र डोटीका ५ गरी ६७१ कोरोना संक्रमित थपिएका छन् ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ हजार ८ सय ४८ पुगेको छ। नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।त्यस्तै आज २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।


    नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १ हजार १ सय ८६ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…