काठमाडौं- बुधबार नेपाली बजारमा हालसम्मकै महँगो मूल्य अर्थात् प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ बिहीबार भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सयमै कारोवार भइरहेको छ । बुधबार पनि सुन प्रतितोला ८९ हजार ८ सयमा नै कारोबार भएको थियो ।
बिहीबार तेजावी सुनको मूल्य भने ८९ हजार ३ सय ६५ रहेको महासंघले जानकारी दिएको छ ।
बिहीबार चाँदीको मूल्य भने बुधबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेर ९ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।