पुष्कर खड्का
४ असार,काठमाडौ । कञ्चनपुरमा विद्युतको पोलबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ।
कंचनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १० मा विद्युतको तार जडानका लागि पोलमा चढेका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युत्को पोल बाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनु भयो । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको थियो ।
थापाले दिएको जानकारी अनुसार विद्युत्का तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक खसेर मृत्यु भएको रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।