राजेन्द्र महतो
४ असार,लहान । सिरहाको नरहा गाउँपालिकामा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ ।
नरहा गाउँपालिका –२ पानवारीका राम जुलुम यादव को १४ वर्षीय छोरी सम्झना कुमारी यादवको करेन्ट लागेर ज्यान गएको हो ।
आज विहीवार कुमारी महतो ले मोटर चलाइ हयान्ड पम्प (कल) मा नुहाउने क्रममा करेन्ट लागेर ज्यान गएको स्थानीय ले बताएका छन।
घटनापछि ईलाका प्रहरी कार्यालय नरहाबाट गएको टोलीले मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि लहान अस्पताल लगेको बताइएको छ ।