२०७७ असार ४ बिहीबार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भएको खर्चको हिसाव किताब माग्ने प्रति आक्रोश ब्यक्त गर्र्नुभएको छ ।
आक्रोससँगै उहाँहरुप्रती कटाक्ष समेत गर्नुभएको छ ।
सरकारले कोरोना रोकथामका लागि झण्डै १० अर्ब रकम खर्च भएको बताएपछि विपक्षी दलहरुसहित नागरिकहरुले प्रश्न उठाएका थिए ।
उनीहरुले कोरोना नियन्त्रणका लागि १० अर्ब रकम खर्च गरिएको भनिनुलाई अस्वभाविक भन्दै हिसाबकिताब माग गर्नेहरु प्रति लक्ष्य गर्दै प्रधानमन्त्री केपी ओलीले आक्रोश ब्यक्त गर्नु भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारका निकायहरु कोरोना रोकथामको काममा लागेका बेला हिसाब मागेर अलमल्याएको आरोप लगाउनुभयो ।
कांग्रेस सांसद गगन थापाले पाँचवटा पीसीआर मेसिन किनेर १० अर्ब खर्च भयो भन्ने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको थियो । थापाले अब एक एक हिसाब सदनमा कांग्रेसले माग्ने बताउनुभएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले त बालुवाटार र सिंहदरबार भ्रष्टाचारको इपीसेन्टर बनेका आरोप लगाउनुभएको थियो । उहाँले करोडौँ रकम राहत बाँडेको सरकारले बताइरहँदा निमुखाहरु भोकै मर्नुपरिरहेको टिप्पणी गर्दै सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने बताउनुभएको थियो ।
प्रमुख विपक्षी दलहरुसहित आम नागरिकहरुले सडकमै उत्रेर हिसाब मागिरहेका बेला प्रधानमन्त्री केपी ओलीले भने उनीहरुप्रति कटाक्ष गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालीहरुको रोग प्रतिरोधी क्षमता बलियो रहेका कारण कोरोना भाइरसले नेपालमा क्षति कम गरेको आफ्नो भनाई दोहो¥याउनुभयो ।
उहाँले नेपालमा कोरोनाका कारणले नै मृत्यु भएकाहरुको संख्या पनि २,३ जना मात्रै रहेको बताउनुभयो । विश्व सवास्थ्य संगठनको प्रोटोकलका कारण मात्रै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या केही धेरै रहेको कुरा सरकारले मान्नु परेको उहाँले बताउनुभयो ।
कोरोना महामारीको सामना गर्न विश्वका शक्ति राष्ट्रहरुलाई पनि अप्ठ्यारो भइरहेको छ । नेपालमा पनि कोरोना महामारीले आक्रामक रुप लिन थालेको छ । यो बेला मुलुकका सबै शक्तिहरु कोरोना रोकथामका लागि एकजुट हुन आवश्यक छ ।
सरकारले खर्चको हिसाब किताब पारदर्शी नराखेका कारण सत्तापक्षबाटै पनि आलोचना भइरहेको छ । विपक्षीसँगै सत्तापक्षहरुले पनि हिसाबको कुरा उठाएका छन् ।
राष्ट्रियसभाका सत्तारुढ सांसद राम नारायण विडारीले मन्त्रालयको वेबसाइटकमा हरेक दिनको खर्च विवरण राख्न माग गर्नुभएको थियो ।
प्रतिपक्ष र सत्तापक्षसहित आम नागरिकले पनि हिसाब किताब सार्वजनिक गर्न गरेको मागलाई ओली सरकारले वेवास्ता गर्नु भनेको भ्रष्टाचारलाई प्रसय दिनु हो ।
कोरोना रोकथामका लागि भइरहेको प्रयासको स्वरुप दयनीय तर सरकारले खर्च १० अर्ब भयो भनेपछि आम नागरिकहरु नै स्वतस्फुर्त रुपमा सडकमा निस्केका थिए ।
उनीहरुले १० अर्बको हिसाब सार्वजनिक गर्न माग राख्दै सरकारविरुद्ध प्रदर्शन गरेका थिए । नागरिक समाजका अगुवाहरुले समेत १० अर्ब खर्चको हिसाब सार्वजनिक गर्न सरकारलाई दबाद दिएका थिए ।
खर्चको हिसाब किताब माग्ने नागरिकहरुप्रति आक्रोश पोखेर प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई मलजल गर्ने प्रयास गर्नुभएको छ जुन मुलुकका लागि दुर्भाग्यजनक अवस्था छ ।
‘उछाल्नेहरुलाई त उछाल्न सजिलो छ दश अर्ब कहाँ गयो भनेर ? खोई दश अर्ब भनेर ? अब यहाँ दश अर्ब कताबाट देखाईदिने ? दश अर्ब त तल पठाईयो प्रधानमन्त्री ओलीले भने।
दश अर्ब, दश अर्ब भन्ने हल्लाका बारे प्रधानमन्त्रीको भनाई यस्तो
प्रधानमन्त्री ओलीले दश अर्ब, दश अर्ब भन्ने हल्ला चलेको उल्लेख गर्दै दश अर्ब केही विभिन्न निकायमा खर्चको लागि पठाईएको सुनाए ।
उनले भने,’त्यसको मसिनोगरि हिसाबकिताब आलेप, मलेपबाट हुन्छन् । ती कुरा गरिमामय संसदमा वार्षिक प्रतिवेदनको रुपमा आउँछन् । रुजु, बेरुजुता, अनियमितता, यी सबै कुराहरु आउँछन् ।
यहाँ कसैलाई काममा ध्यान छैन् ,खर्चको हिसाब चाहिएको भन्दै ब्यंग ब्यक्त गर्नुभयो ।
कोरोनाका लागि भएको खर्चमा भ्रष्टाचार भएको विषयमा राज्यका स्थापित निकायले नै छानबिन गर्ने भन्दै ओलीले तत्काल केही नहुने आशय प्रकट गर्नुभयो ।
मान्छे काममा लागेका छन् यहाँ कसैलाई हिसाब चाहियो रे भन्दै दिनहुँ भइरहेको खर्च विवरण सार्वजनिक गर्न नसकिने बताउनुभयो ।