युएई,
कोरोना भाइरस ( कोभिड–१९ ) का संक्रमणको कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको युएई स्थित दूतावासले जनाएकाछ्न। युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ०४:०० बजे उडान भएको छ ।
असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई शुक्रबार नेपाल पठाइएको हो , फर्कने नेपालीहरुमा अधिकांश महिला रहेको छ्न भने सोहि विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावास स्रोतले बताए।
स्वदेश फर्किएकाहरुमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको १३ सय २० दिरामका (करिव ४० हजार रुपैयाँ) को दरले टिकट काटेका छन् ।
नेपाल फर्कन चाहनेहरुका लागि आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको दूतावासले जनाए।
सोहीअुनसार पहिलो उडानमा अधिकांश गर्भवती महिलाहरु परेका छन् दूतावासले भने।
-विमानस्थलमा निःशुल्क कोरोना परिक्षण:
कोरोना परीक्षणसमेत गर्नुपर्ने भएपछि यात्रुहरु जहाज उड्ने समयभन्दा ६ घण्टाअघि नै विमानस्थल पुगेका थिए । उनीहरुलाई विमानस्थलसम्म पुग्ने सवारी र विमानस्थलको प्रतिक्षालयमा समेत सामाजिक दुरी कायम गरेर राखिएको थियो ।
युएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क कोरोना परीक्षण गराएको छ । युएई सरकारले व्यवस्थित तरिकाले कोरोना परीक्षण गराएकोप्रति नेपालीहरुले आभार प्रकट गरेका छन् ।
त्यस्तै दूतावास र सामाजिक संस्थाका प्रतिनिधिहरुले फर्कने नेपालीहरुको विदाई गरेको जनाएका छन।
विमानस्थलमा उनीहरुको कोरोना परीक्षण र अन्य सहयोगका लागि एनआरएनए युएईका प्रतिनिधिहरुले सहजीकरण गरेको स्रोतले बतायो।
दूतावासका तर्फबाट उपनियोग प्रमुख तथा प्रवक्ता रिता धिताल, द्वितीय सचिव तथा सूचना अधिकारी भुवन ओझा, जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलम , एनआरएन युएईका अध्यक्ष प्रकाश कोइराला, उपाध्यक्ष पासाङ शेर्पा र नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल लगायतकोले नेपालीहरुलाई विदाई गर्न विमानस्थलमै पुगेका थिए ।