•  


    काठमाडौं । सरकार र पार्टी कसरी चलाउने विषयमा सत्तारु नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीविच आज भर्चुवल छलफल हुँदैछ । चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेताहरु भिडियो छलफलमा जुटेका हुन् ।

    चिनियाँ पक्षको चाहना अनुसार दुई देशका ठूला दुई दलविच भिडियो छलफल राखिएको हो । नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै कार्यक्रम निर्धारण गरीएको हो । छलफलमा करिब एक सय बढि कम्युनिस्ट नेताहरु सहभागी हुनेछन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले संयुक्त रुपमा भर्चुअल मिटिङ तयार पारेको हो । कार्यक्रम सेड्युल अनुसार आज सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले जुमबाट चिनियाँ कम्युनिष्ट पार्टीलाई ९९ वर्ष पूरा गरेकोमा शुभकामना सन्देश दिनेछन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) को पहलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू यसरी छलफलमा जुटन लागेको यो दोस्रो पटक हो । यस अघि करिब आठ महिनाअघि चीनका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमणअघि काठमाडौंमा छलफल हुँदा दुई देशका दुई कम्युनिस्ट पार्टीविच ६ बुँदे सम्झौता पनि भएको थियो । उक्त सम्झौता अनुसार यो वर्ष नेकपाका सबै ४५ सय केन्द्रीय सदस्यहरूलाई चीन भ्रमण गराउने योजना भएपनि कोरोना महामारीका कारण सम्भव भएको छैन ।

    आज दुई पार्टी विच कोरोना महामारीले निम्त्याएको विषयमा प्रमुख छलफल हुनेछ । छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत एक सय बढि नेताहरुको सहभागिता रहने छ ।
    जुम बैठकमा केही नेताहरू काठमाडौं धुम्बाराहीस्थित पार्टी कार्यालयबाट र अरु सातै प्रदेशमा रहेका नेताहरू छलफलमा जोडिने कार्यक्रम छ ।

    यता चिनियाँ पक्षबाट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ लगायतका नेताहरू सहभागी हुनेछन् । अन्तरक्रिया अहिले २ बजे सुरु हुने जानकारीमा आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…