पुष्कर खड्का
५ असार,काठमाडौ । नेपालमा शुक्रबार दिउँसो विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले नेपालमा शुक्रबार ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार २ सय ७४ पुगेको छ। नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।त्यस्तै आज २ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १ हजार ४ सय २ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।