काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु झापा, मोरङ, महोत्तरी, सर्लाही, बारा, बागलुङ, गुल्मी, डोटी लगायत जिल्लाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थप ३३१ जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । आज थपिएका संक्रमितमध्ये १ जना काठमाडौंका र ७ जना भक्तपुरका रहेका छन् ।
पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन् । हालसम्म उपचारपछि निको हुनेको संख्या १ हजार ५७८ पुगेको छ । अन्यको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।