तस्वीर : हाम्रो पात्रो
काठमाडौं । असार ७ गते आइतबार सुर्य ग्रहण लाग्दैछ । शनिबार राति १० बजेर ३० मिनेट देखि बालक,वृद्ध,रोगी तथा अशक्त बाहेकले अरुले भोजन नगर्नु भनेर भनिएको छ ।
खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ । १० :५० मा सुरु,१२:३८ मा मध्य र २:२३ मा समापन हुनेछ । समय ३ घण्टा ३३ मिनेट रहेको छ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ । खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ ।
बीचको ३ घण्टा ३१ मिनेटमा बिशेष सावधानी पुर्याउनु पर्दछ । मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ ।
वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन । भने मेष, सिंह, कन्या र मकर राशिले ग्रहण हेर्दा विशेष फाईदा हुनेछ ।
मेष राशिले ग्रहण हेर्दा लक्ष्मी प्राप्त हुनेछ भने सिंह राशिलाई लाभ मिल्ने छ । त्यस्तै कन्या तथा मकर राशिहरुको लागि सुख प्राप्त हुनेछ ।
-ज्यो. सुरेश चन्द्र रिजाल