काठमाडाैं, १० असार । लकडाउन पछि उकालो लागेको सुनको मूल्य दिनानु दिन बढ्ने क्रममा रहेको छ । आज बुधबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिओ प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन ५ सय रुपैयाले बढेको हो । त्यस्तै सोमबार भने प्रति तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मुल्य लगातार बढेसंगै बजारमा सुन खरिद गर्ने भन्दा बेच्ने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना महामारीसंगै आम्दानीमा ह्रास र बेरोजगारीले गर्दा रोजीरोटीको लागी सुन बेच्ने बढेको संघको अनुमान छ ।
कोरोना महामारीसंगै आर्थिक कारोबार चलायमान नहुदा मानिसहरुले बैंकमा पैसा राख्नु भन्दा सुनमा लगानी गर्नु सुरक्षित ठानेसंगै सुनको खरिद गर्ने क्रम बढेको हुदा सुनको मूल्यमा बृद्दी भएको अर्थविदहरुको आंकलन रहेको छ ।
त्यस्तै सुनको मूल्य वृद्धि हुनमा अर्को कारण, चीन–अमेरिका व्यापार यु द्ध, अमेरिकी केन्द्रीय बैँकले घटाएको ब्याज, कमजोर शेयर बजार, सुस्त जर्मन अर्थतन्त्र, अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध र जम्मु कश्मीर विवाद पनि रहेको बताइएको छ।