दमक;
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले दशै सम्ममा बिद्यालय सञ्चालन गर्न सरकारले तयारी गरिरहेको बताएका छन।
नेपाल राष्ट्रिय शिक्षक संगठन झापाले आयोजना गरेको अनलाइन शिक्षक तालिमको समापनमा सम्बोधन गर्दै मन्त्री पोखरेल सो कुरा बताएका हुन।
‘कोभिड–१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सञ्चालन गरिएको र कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरु सञ्चालन गर्न असहज भएको बताए । उनलेे अहिले वैकल्पिक पद्धति अपनाउने, शैक्षिक विकासमा याेजना बनाउन शिक्षकहरुलाई अाग्रह गरे । संगठनले ४५ दिनसम्म शिक्षकलाई विभिन्न विषयमा तालिम दिएको तालिम संयाेजक द्रोण श्रेष्ठले बताए ।file photo