काठमाडौँ, असार ११ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार १६२पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
डिस्चार्ज
यस्तै, थप ३१२ जना निकाे भएर डिस्चार्ज भएका छन् । थप १९ महिला र २९३ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५० पुगेकाे छ । यसमा महिला २१५ र पुरूष दुई हजार ४३४ रहेकाे छ ।
रेड जाेन
रेड जाेनमा बिहीबार काठमाडाैंकाे एक पुरूष थपेकाे छ । याेसँगै रेड जाेनमा ५०९ पुगेकाे छ ।
उत्यकामा थप ८
काठमाडाैंका २ पुरूष र २ पुरूष, ललितपुका एक महिला र भक्तपुरमा तीन पुरूष र एक महिला सङ्क्रमित पुगेकाे छ ।
हालसम्म कोरोना जित्नेको संख्या दुई हजार ६ सय १६ र मृतक संख्या २६ पुगेको छ । कोरोना संक्रमणका कारण पाटन अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएपछि मृतक संख्या २६ पुगेको हो ।
बिहीबार (११ असार) पाटन अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । केही समय अगाडि मिर्गौला प्रत्यारोपण गरिएका उनलाई संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।