कुलझोडा । उर्लाबारी—९ आम्बारी निवासी नारायण मादेन लिम्बू आफ्नो उपचारमा आर्थिक समस्या भएपछि सबैमा सहयोगको याचना गर्नुभएको छ । ठुलो आन्द्रामा जटिल समस्या देखिएपछि धरानस्थित घोपा क्याम्पमा उपचाररत मादेनलले आफ्नो क्षमताले सक्ने सम्म खर्च गरिसकेको र ऋणपान पनि नपाएको कारण सहयोगको याचना गरेको बताउनुभयो । लकडाउन अघि घोपामा उपचार गरिहनुभएका मादेन दुखि हुँदै भन्नुहुन्छ, यो बेलामा तपाईहरु पनि समस्यामा हुनुहुन्छ होला, सबैले थोर बहुत सहयोग गरिदिनुभए आभारी हुने थिए, मेरो उपचार हुने थियो ।
हस्पिटलमा लामो बसाई बसेका मादेन टाठ पल्टिएको र सहयोगीदाता नै भगवान भरोसा रहेको बताउनुहुन्छ ।
उपचारमा सहयोग पुर्याउने उदेश्यका साथ भक्त पन्धाकको अध्यक्षतमा नारायणसिंह मादेन बचाउ अभियान समिति नै गठन गरिएको छ । समितिको सचिवमा दधिराम निरौला, कोषाध्यक्षमा सविता धिमाल र सदस्यहरुमा प्रकाश कन्दङ्वा र उत्तरहाङ लिम्बू रहनुभएको छ ।
समितिका अध्यक्ष भक्त पन्धाकले सबैले सहयोग पुर्यादिनुभए मादेनको उपचार सम्भब हुने बताउनुहुन्छ । ‘गाउँ टोलमा पनि सहयोग संकलन गरिरहेका छौ, पन्धाक भन्नुहुन्छ, सानो प्रयासले नारायाण बाजेको ज्यान जोगिन्छ भने किन अग्रसर नहुने भनि सहयोगको लागि जुटिरहेका छौ ।
बिरामी बारे थप जानकारीका लागि 981-5385355 ,9803142165 मा बुझ्न सक्नुहुनेछ ।