काठमाडौं, असार १३ गते । कृषि तथा बोट विरुवाका लागि निकै घातक मानिएको सलह कीरा जस्तै देखिने कीरा तराइका केही जिल्लामा भेटिए पछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधि टोली खटाएर अध्ययन शुरु गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बारा पर्सा लगायतका जिल्लाबाट सलहजस्तै कीरा देखापरेको भन्ने कृषकबाट रिपोर्ट आए पछि अहिले मन्त्रालयबाट चार जना प्राविधिकको टोली त्यस क्षेत्रमा पठाएको र उहाँहरुको रिपोर्ट आए पछि हो होइन आधिकारिक रुपमा सार्वजनिक गरिने बताउनुभयो ।
यस्तै प्रदेश २ का भूमि व्यबस्था, कृषि सहकारीमन्त्री शैलेन्द साहले पनि किसानबाट सहल जस्तै कीरा देखा परेको खबर गेर पछि मन्त्रालयले प्राविधिक टोली त्यसतर्फ पठाएको र उनीहरुको रिपोट आए पछि मात्र एकीन गर्न सकिने बताउनुभयो ।
अफ्रिकी मुलुकमा ठूलो संकटका रुपमा लिइएको सहलय छिमेकी देश भारत तथा पाकिस्तानमा पनि यो वर्ष देखा परेका कारण नेपालमा पनि यो कीराको प्रवेश हुने अनुमान गरी नेपालमा रोकथाम कार्यदल गठन गरिएको थियो ।
ठूलो समूहमा आउने यो कीराले पूरै बालीनाली तथा बोट विरुवा सखाप पर्ने भएकाले यसले कृषि र पर्यावरणमा नराम्रो असर पार्ने बताइन्छ ।