• दीप खादी लिम्बू। असार१३,क्वालालम्पुर। फाल्गुनन्द एकता समाज मलेशियाले विभिन्न समस्याका पिडितहरु लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। साबिक आङ्सारा-२ सिस्नेरी भइ हाल फाल्गुनन्द गाउपालिका ६ स्थित स्थायी बसोबास गर्दै आईरहेकी ब्लड क्यानसर पीडित सुमित्रा चेम्जोङ लाई उपचारको लागी रु.४ लाख बढी आर्थिक सहयोग गरेको हो।

    विशेषगरि फाल्गुनन्द गाउपालिका भित्र स्थायी बसोबास गर्ने जो कोहिको आर्थिक अवस्था कम्जोर भइ विभिन्न समस्या झेलिरहेका लाई सहयोग गर्ने उदेश्यले मलेशियामा स्थपना गरिएको हो।स्थपना काल देखिनै फाल्गुनन्द गाउपालिका बासिन्दाहरु लाई अप्ठ्यारोमा निरन्तर सकेको आर्थिक सहयोग जुटाउदै आईरहेको छ।

    यस सस्थाले स्वदेश बिदेश जहि भएपनी फाल्गुनन्द गाउपालिका भित्र बसोबास गर्ने सबै समुदायहरु बिच सामाजिक एकता,आपसी सत्भाव,पारस्परिक दिगो सम्बन्ध कायम राख्न आर्थिक सहयोग प्रदान गर्दै आइरहेको श्रोतले जानकारी गराए। भने साबिककै अर्का रुख काट्ने क्रममा घाईते हुन पुगेका पबिन आङ्देम्बेलाई पनि रु.९९,३७९ र हालै मेरुदण्डको समस्या भोगिरहेकि मेरुदन्ड पिडित वर्षा चेम्जोङ् लाई रु.६५,२६० सस्थागत आर्थिक सहयोग गरिसकेको छ। सहयोग गरिएको सबै रकमहरु समाजले संचालन गरेको आर्थिक सङ्कलन अभियान मार्फत सस्थाका पदाधिकारीहरुको सकृयतामा जम्मा गरिएको उक्त सस्थाका संरक्षक कृष्ण आङ्देम्बे ले रातोकलम लाई जानकारी दिनुभएको हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…