• झापा, असार १४ गते । केही दिनअघिदेखि लगातार भएको वर्षाका कारण आएको बाढीले झापाका विभिन्न नदीमा कटान तीव्र भएका कारण बस्ती र खेती जोखिममा पर्दैगएका छन् ।
    नदीमा आएको बाढीका कारण सबैभन्दा बढी क्षति हुने कन्काई नदी नियन्त्रण गर्न निर्माण गरिएको बाँधसमेत कटान गर्न सुरु गरेको छ । केही दिनयता परेको वर्षाले कन्काई नदीमा आएको बाढीका कारण जिल्लाको झापा गाउँपालिका वडा नं. ७ मा निर्माण गरिएको अस्थायी बाँध कटानले नजिकै रहेको बस्तीमा उच्च जोखिममा परेको छ । सोही वडाको जोखिम क्षेत्रको रुपमा रहेको टप्पु बस्तीको बाँध कटान हुन थालेपछि यो बस्तीका बासिन्दामा त्रास बढेको छ ।

    नदी कटानका कारण यो क्षेत्रमा दुई किलोमिटरभन्दा बढी क्षेत्रमा कटान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो । यसअघि पनि पटकपटक यही स्थानबाट बाढी पसेर ठूलो धनजनको क्षति भएको झापाको झापा गाउँपालिका वडा नं. ७ को टप्पु बस्तीको बाँध हो यो । केही दिनदेखि परेको अविरल बर्षाका कारण कन्काईमाईमा आएको बाढीले बाँध कटान गर्न थालेपछि जोखिम बढेको सोही वडाका वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताउनुभयो । कटान नियन्त्रण गर्न स्थानीय बासिन्दा प्रहरीले अहिले बाँसलगायत वस्तुको प्रयोग गरेर नियन्त्रणको प्रयास गरिरहेका छन् ।

    टप्पु बस्तीका बाँध फुटेर खोला गाउँमा पस्यो भने झापा गाउँपालिका वडा नं. ७, ३, २ र १ वडालाई समेत क्षति पुग्नसक्ने जोखिम रहेको छ । लगातारको वर्षाले बाढीले बाँध कटान गर्न थालेकोले तत्काल बाँध निर्माण थाले पनि सो बाँध बनाउन विशेष पहल थाल्नुपर्ने स्थानीय बासिन्दाको माग छ । यसअघि नै सो जोखिम क्षेत्रमा स्थायी तटबन्धन गर्न स्थानीय बासिन्दाले माग गरेका थिए । यसरी माग गरेपनि झापामा तटबन्धमा काम गर्दैआएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर १ गौँडे झापा कार्यालयले भने यो क्षेत्रमा वेवास्ता गर्दैआएको बताएका छन् । यता जनताको तटबन्धनको कार्यालय झापाका प्रमख कैलाश श्रेष्ठले अनुसार लकडाउनले गर्दा धेरै जोखिम क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो ।

    टप्पु बाँधबाट यसअघि बाढी पस्दा दर्जनौँ घर बगाएको थियो भने दर्जन बढी मासिनले भागेर ज्यान बचाएका थिए । अति जोखिम क्षेत्र भएको भन्दै स्थानीय बासिन्दाले तत्काल रोकथामको विशेष कार्य थाल्न सरकारसँग माग गरेका छन् । यता नदी नियन्त्रणको काम गर्दैआएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर १ गौँडे झापा कार्यालयले झापामा १० वर्षदेखि काम गर्दैआएको छ । कार्यालयबाट यो अवधिमा जम्मा ४२ किलोमिटर तटबन्ध गर्नका लागि मात्र कुल एक अर्ब ६८ करोडभन्दा बढी खर्च भइसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…