• भद्रपुर, १४ असार (रासस) :
    जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा झापामा आज रक्तदान र वृक्षरोपण कार्यक्रम गरिएको छ । मदन भण्डारी फाउन्डेसनद्वारा विर्तामोडस्थित स्पार्क पूर्वाञ्चल अस्पताल परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रगतदान गरेका थिए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रेडक्रस सोसाइटी उपशाखा विर्तामोडको रहेको थियो ।

    यसैगरी नेपाल कम्युनिष्ट पार्टी कमल गाउँपालिकाले वृक्षरोपण कार्यक्रम गरेको छ । पार्टीका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलका अनुसार वडा नं ३ मा रहेको रतुवामाई वृक्षरोपण आयोजनाभित्र गाउँपालिकाले निर्माण गरेको चिल्ड्रेन पार्कमा विभिन्न जातका बिरुवा रोपिएको छ ।

    वडा कार्यालय उद्घाटन

    कमल गाउँपालिकाको वडा नं ७ मा बनेको दुईतले पाँच कोठे पक्की भवनको आज उद्घाटन गरिएको छ । सो भवन निर्माणका लागि जिल्ला समन्वय समितिले रु ४५ लाख र प्रदेश नं १ का प्रदेशसभा सदस्य अर्जुन राईले रु २५ लाख रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…