• रञ्जना अधिकारी

    इटहरा : जननेता मदन भण्डारीको जन्मजयन्ती असार १४ गते मूलुकभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ । भण्डारीको ६९ औँ जन्मदिवशको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र पार्टी निकट संघसस्थाहरुले जनचेतनामूलक एंम रचनात्मक कायहरु गरेका छन् ।मोरङको रतुवामाई नगरपालिका वडा नम्वर १० स्थित भण्डारीको कर्मथलो सातमेडीमा वृक्षरोपण गरी मदन जयन्ती मनाइयो ।
    कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले मदन भण्डारीकै बिचारले नेपालमा कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गरेको धारणा राख्नुभयो । भण्डारीद्वारा प्रतिपादित सिद्धान्त – जनताको बहुदलीय जनवादले नै नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गरेको उल्लेख गर्दै मन्त्री कार्कीले यसैको जगमा नेकपाले मुलुकमा बहुमतको सरकार संचालन गरिरहेको बताउनुभयो ।

    मोरङ जिल्ला कमिटी अध्यक्ष क्रषिकेश पोख्रेलले वृक्षरोपणको कार्यक्रम नेकपाले आयोजना गरे पनि यो सबै पार्टीको साझा अभियान भएको बताउनुभयो । उहाँले अव नेपाली कांग्रेस र नेकपावीच राजनैतिक भन्दा पनि रचनात्मक कार्यमा प्रतिस्प्रधा हुन पर्ने धारणा राख्नु भयो ।

    मदन भण्डारीको विचारले अहिले मुलुकलाई नेतृत्व गरिरहेको भन्दै अध्यक्ष पोख्रेलले समाजवादतर्फको यात्रामा यस्ता रचनात्मक कार्यले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातवरण राज्यमन्त्री बिजय विश्वास, प्रदेशसभा सदस्य राजकुमार ओझा, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोख्रेल, नेकपा केन्द्रीय कमिटी सदस्य महेश रेग्मी लगायतका दर्जनौ नेताहरुको उपस्थिति रहेको थियो ।

    औपचारिक कार्यक्रम पश्चात् रतुवा नदी किनारमा वृक्षरोपण गरियो । फराकिलो चौरमा पहिले नै तयार पारिएका खाल्टामा कार्यक्रमका अतिथि र सहभागी सबैले कम्तीमा एक—एक वटा विरुवा रोपे ।

    वन डिभिजन कार्यलय मोरङको सहयोगमा भएको वृक्षरोपणका लागि सव डिभिजन वन कार्यलय मंगलवारे र पथरीसनिश्चरे साझेदारी वन ब्यवस्थावन समितिले २ हजार ५ सय विरुवा प्रदान गरेको साझेदारी वनका अध्यक्ष एवम् नेकपा जिल्ला कमिटी सदस्य प्रकाश पौडेलले बताउनुभयो । वृक्षरोपणमा मसला, टिक, बकाइनो, इपिलिपी, किम्वु, जामुन, फडिर, खयर लगायतका विरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।

    सर्वसाधरण र सुरक्षकर्मीको समेत वाक्लो उपस्थिति रहेको कार्यक्रमलाई कतिपय सहभागीले आलोचना समेत गरेका थिए ।
    २५ जना भन्दा बढि उपस्थित भएर कुनै पनि सार्वजानिक कार्यक्रम गर्न सरकारले गरेको वन्देज कयमै रहेको अवस्थामा सत्तारुढ दलले नै सयौँको संख्यामा भौतिक दुरी समेत कायम नगरी घञ्चमञ्च कार्यक्रम गर्नु अशोभनीय र सरकारको निर्देशन विपरित भएको उनिहरुले गुनासो गरे ।

    तथापि मदन जयन्तीको अवसरमा मदन भण्डारीको सम्मान र प्रकृतिको संरक्षण गर्ने कार्य सगँसगँै हुनु महत्वपूण उपलब्धि भएको धेरैको भनाई छ ।

    मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसागुमा भएको थियो । सानै उमेरदेखि नैै अध्यनमा अव्बल रहेका भण्डारी उच्च शिक्षका लागि भारतको वृन्दावन गएपछि राजनीतिमा सक्रिय रुपमा लाग्नुभयो ।

    पुष्पलाल समूहको केन्दीय समितिमा केहि बर्ष रहेपछि उक्त समूहवाट बिद्रोह गरी भण्डारी, मोदनाथ प्रश्रित, जिवराज आश्रित लगायतका नेताले मुक्ति मोर्चा गठन गर्नुभयो ।

    मुक्ती मोर्चा र कोअडिनेसन केन्द्रको एकता पछि केन्द्रीय कमिटीमा रहनुभएका भण्डारी २०३५ सालमा गठन भएको नेकपा मालेको पनि केन्द्रीय सदस्य चुनिनुभयो । २०४६ सालमा भएको नेकपा मालेको चौथो महाधिवेशनवाट उहाँ महासचिवमा निर्वाचित हुनुभयो ।

    २०४७ सालमा मनमोहन अधिकारी नेतृत्वको नेकपा (माक्र्सवादी) र नेकपा (माले) बीच एकिकरण भइ बनेको नेकपा (एमाले) को पनि उहाँ महासचिव नै रहनुभयो ।

    २०४९ सालमा भएको एमालेको ५ औँ महनधिबेशनमा महासचिव भण्डारीले प्रस्तुत गर्नुभएको विचार–जनताको बहुदलीय जनवाद (जबज) लाई महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा अङ्गीकार गर्यो र उहाँ पुनः महासचिवमा निर्वाचित हुनुभयो । जबजको सिद्धान्त प्रतिपादन पश्चात लोकप्रिय बन्नुभएका भण्डारीको तत्कालिक संगठन विभाग प्रमुख जीवराज आश्रितसँगै २०५० जेष्ठ ३ गते चितवनको दासढुङ्गामा जिव दुर्घटनामा परी निधन भयो । दासढुङ्गा दुर्घटनाका बिषयमा सत्यतथ्य अहिले पनि पुष्टि हुन सकेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…