• बिर्तामोड, राष्ट्रवादी युवा समाज झापा को आयोजनामा झापाका युवाहरुले आज बिर्तामोडको मुक्ति चोकमा एमसीसीको बिरोधमा प्रदर्शन गरेका छन् ।
    राष्ट्रघाती एमसीसी खारेज गर, १० अर्बको हिसाब सार्वजनिक गर, राजतन्त्र जिन्दावाद, राजा आउ देश बचाउ जस्ता प्ले कार्डहरु बोकेर स्वस्फूर्त रुपमा युवाहरुको सहभागिता रहेको थियो।
    देशको वर्तमान व्यवस्था को बिरोध गर्न झापाका विभिन्न स्थानका विभिन्न पार्टीमा आस्था राख्ने ब्यक्तिहरु राष्ट्रका लागि भ्रष्टाचार बिरुद्ध, देशद्रोही बिरुद्ध आवाज उठाउने उद्देश्यले गत असार ६ गते चारालीमा भेला भई अर्जुनधारा निवासी  रामजी कौशिक ढुङ्गानाको संयोजकत्वमा राष्ट्रवादी युवा समाज झापा गठन गरी काँकरभिट्टा र चारालीमा यस अघि नै प्रदर्शन कार्यक्रम सम्पन्न भईसकेको र आज बिर्तामोड मा तेस्रो चरणको कार्यक्रम भएको हो ।
    नेपालका लागि नेपाली अभियान का संयोजक महेन्द्र प्रसाई, राष्ट्रवादी युवा शिवानी बास्तोला, गिरिराज मणि पौडेल, योगेन्द्र खनाल, केदार ढकाल ले मन्तव्य राखेको कार्यक्रम को संचालन समाजका सदस्य सचिव विजय थापाले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…