• काठमाडौँ, असार १५ गते । कोरोनाभाइरस महामारीले विश्वका पाँच लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । चीनमा गत वर्ष डिसेम्बर महिनामा पहिलो पटक देखापरेको सार्स–कोभ–२ को सङ्क्रमण विश्वका एक करोड व्यक्तिमा सरेको छ ।

    अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार सङ्क्रमितमध्ये पचास प्रतिशत संयुक्त राज्य अमेरिका र युरोपका छन् । यद्यपि अमेरिकामा सङ्क्रमण फैलने क्रम अझै रोकिएको छैन । दक्षिण एसिया र अफ्रिकामा समेत सङ्क्रमण फैलिँदो क्रममा छ ।

    पछिल्लो छ दिनमा मात्रै दश लाख व्यक्ति सङ्क्रमित भएका छन् । अमेरिकामा मात्रै करिब २५ लाख व्यक्ति सङ्क्रमित छन् । एक लाख २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकी राज्यहरूमा फेरि लकडाउन गरिएको छ । टेक्सस, फ्लोरिडा र अन्य राज्यहरूमा सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा फैलिँदा सतर्कताका उपायहरू सशक्त बनाइएका छन् ।

    ब्राजिल दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र हो । ब्राजिलमा १३ लाख सङ्क्रमित छन् । त्यहाँ ५७ हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् । बढ्दो सङ्क्रमणका बीच रियो दि जेनारियोले जुलाइ १० देखि खेलमैदान पुनः खुला गर्ने जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…