•  

    काठमाडौँ, असार १५ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।

    डिस्चार्ज

    थप १२१ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीन हजार १३४ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिला र पुरूष १०८ जना डिस्चार्ज भएका छन्।

    क्वारेन्टाइनमा ५७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् ।

    उपत्यकामा थप आठ सङ्क्रमित
    काठमाडौँ जिल्लामा दुई महिला र चार पुरुषसहित छजना, ललितपुर र भक्तपुरमा एक एकजना पुरूषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

    थप एक मृत्यु

    ललितपुरकाे सानेपामा रहेकाे स्टार अस्पतालमा राैतहटका ३० वर्षका एक पुरूषकाे निधन भएकाे छ । १३ गते स्वाब पठाएकाेमा साेही दिन राति ८ गते फाेक्साेका ती विरामीकाे मृत्यु भएकाे हाे । परीक्षणकाे नतिजा असार १४ गते पाेजेटिभ आएसँगै मृत्यु हुने २९ पुगेकाे छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…