• विराटनगर १६ असार । जीपी कोइराला फाउण्डेसन मोरङ शाखाले शुभेच्छुक सहयोगी युवा समूहको गठन गरेको छ । फाउण्डेसनको उदेश्य प्राप्तीका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेसन युवा कार्यदल गठन गरिएको हो । फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको निर्देशनमा कार्यदल गठन भएको हो । मंगलबार एक अनौपचारिक कार्यक्रमका बीच गठित कार्यदलको संयोजकमा अंकित पोख्रेल ,सह संयोजकहरु रोशिका अधिकारी, साइच्छा थापा ,लोकेश पोख्रेल ,सविन भट्टराई ,सचिव डेनिस सापकोटा ,सहसचिव अस्मी रेग्मी,कोषाध्यक्ष सरोजकुमार खनाल रहेका छन् । यस्तै सदस्यहरुमा अनिसा पासवान,एनिस आचार्य,स्वरुप खनाल,सुवेन्द्र धमला,पूर्णिका सिंह र श्रीयम पोख्रेल रहेका छन् ।


    यस्तै फाउण्डेसनले गिरिजा प्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीको अवसरमा असार १७ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । बाढी प्रभावित क्षेत्रमा राहत बितरण र बुधवार साझ दीप प्रज्वललन गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा बोल्दै फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले सामाजिक संस्थाको भूमिका निर्वाह गर्दै आएको फाउण्डेसनको उदेश्य प्राप्तिका लागि युवाहरुको कार्यदल बनाएको बताए । उनले हरेर सामाजिक कार्यमा फाउण्डेसनले काम गर्ने बताए । कार्यक्रममा फाउण्डेसन मोरङका उपाध्यक्ष बेदकुमार खतिवडा,सहसचिव सन्तोष पोख्रेल,कोषाध्यक्ष पुनम सिंह,सदस्यहरु सर्मिला अधिकारी,रिता पोख्रेल,सन्जय मण्डल र अन्जु दाहाल लगायतको उपस्थिति रहेको थियो ।











सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…