•  

    काठमाडौँ, असार १६ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या मंगलबार १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । याेसँगै एकहजार ६५७ महिला र ११ हजार ९०७ पुगेकाे छ ।

    डिस्चार्ज

    देशभर मंगलबार थप ६० डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीन हजार १९८ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर ९ महिला र पुरूष ५१ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म २७७ महिला र २९१७ पुरूष निकाे भएका छन् ।

    यस्तै, क्वारेन्टाइनमा ५३ हजार ७० र आइसोलेसनमा दशहजार ३४१ जना रहेका छन् ।

    उपत्यकामा १४ सङ्क्रमित
    काठमाडौँ जिल्लामा ७ पुरुष र महिला ५ सहित १२ जना, ललितपुरमा एक पुरूष र भक्तपुरमा एक महिलालाई कोरोना भाइरस पुष्टि भएको छ । यसरी उपत्यकामा मगंलबार अहिलेसम्मकै बढी सङ्क्रमित थपिएका छन् ।

    काेराेना उपचारमा नेपाल

    नेपालमा कोरोना भाइरस रोकथामको लागि भएका प्रयास विश्वको लागि उदाहरणीय भएको छ । पत्रकार सम्मेलनमा प्रा.डा. गौतमले नेपालमा कोरोना भाइरसबाट हुने मृत्युदर अत्यन्त कम भएको बताउनुभयो । अमेरिका, बेलायत, जापान, चीनलगायतको देशको तुलनामा अत्यन्त कम रहेको जानकारी दिनुभयो ।

    यस्तै, उहाँका अनुसार दक्षिण एसियाली मुलकहरुमा प्रति दशलाखमा भएकाे मृत्युदर बंगलादेश, भारत, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानको तुलनामा कम रहेको छ ।

    पीसीआर परीक्षणमा नेपालमा दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारतलगायतका देशहरु भन्दा धेरै अगाडि रहेकाे उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा चारहजार ७११ वटा पीसीआर परीक्षण भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…