• उर्लाबी१७असार /

    मोरङको उर्लाबारी नगरपालिकामा बुधबार पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ४ की ४६ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कुबेतबाट आएकी उनी असार ५ गतेदेखी उर्लाबारी – ६ को राधिका माविस्थित क्वारेन्टाईनमा बस्दै आएकी थिईन् । उनलाई भोली बिहान कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्र विराटनगर पठाउने तयारी भईरहेको उर्लाबारी नगरपालिका को स्वास्थ्य शाखाले जनाएको छ ।

    प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् ।१४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष, बुद्धशान्तिमा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला ४ पुरुष, गौरीगञ्जमा १ पुरुष, मोरङको उर्लाबारी र कानेपोखरीमा १–१ पुरुष, इलामको सुर्योदयमा २ महिला, सुनसरीको इटहरीमा १ महिला र ताप्लेजुङको फुङलिङमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ जना पुगेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…