• उर्लाबारी । नोभेल कोरोनाभाइरस (कोभिड– १९) र लकडाउन कारण समस्यामा परेका अति विपन्न परिवारलाई उर्लाबारीस्थित केवीआई फाउण्डेसन नेपालले आज राहत बितरण गरेको छ ।
    उर्लाबारी—९ स्थित आम्बारी,भोटेपूल र सेम्बुटोलका ३० घरपरिवारलाई राहत वितरण गरिएको हो ।
    प्रत्येक घरपरिवारलाई २५ केजी चामल, नुन तेल,साबुन ,स्वाईबिन लगायत बितरण संस्थाका सदस्य लोलिम पोमुले जानकारी दिनुभयो ।
    दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको पोमुले बताउनुभयो ।


    राहत वितरण कार्यक्रममा संस्थाका योबाहाङ तुम्बाहाम्फे, समाजसेवी कुरुराज आङबुहाङ,प्रकाश कन्दङ्वा,वीरबहादुर सेम्बु लगायतको उपस्थिती रहेको थियो ।
    राहत पाएपछि उर्लाबारी—९ कि सुर्यमुखी सन्थालले खुशी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, अर्काको खेतीपाती गएर जिवीको पार्जन भईरहेको थियो । यो राहतले दुख बिराम पर्दा सजिलो भयो, काम गरेर कमाएको खर्च बचत हुने भयो ।
    सुर्यमुखी जस्तै डम्बर बहादुर माझी पनि राहत पाएपछि निक्कै खुशी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, राहत पाउने भनेर धेरैबाट आश्वसन पाईयो तर कहिकतैबाट मिलेको थिएन, तर केबीआईले घर आगनमै ल्याईदियो धन्यवाद दिन चाहान्छु ।



    https://www.youtube.com/watch?v=Q9ozSVdvY0o

    संस्थाका लोलिम पोमुले बाहिर देशमा रहनुभएका भीम पन्धाक,ईन्द्र खापुङ, कसल लिम्बूको अगुवाई र नेपालमा रहेका प्रतिनिधीहरुको संयोजनमा कार्यक्रम सम्भव भएको बताउनुभयो ।
    कार्यक्रमको व्यवस्थापन गर्नुभएका योवाहाङ तुम्बाहाम्फले केवीआई फाउण्डेसनलेृ उर्लाबारीमा समाजिक गतिविधी गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार यस संस्थाले बिशेषत यहाँको खेलकुद शैक्षिक क्षेत्रमा सहयोग पुर्याएर अतुलनिय काम गर्दै आएको छ ।
    केवीआई फाउण्डेसन नेपाल गाउँटोलवाशीको दुखसुखमा साथमै छ, संस्थाका भीम पन्धाक भन्नुहुन्छ, कार्यक्रम व्यवस्थित र सभ्य रुपमा सम्पन्न भएकोमा खुशी लागेको छ ।

    https://www.youtube.com/watch?v=IQDpsPpbS68

     


    संस्थाका अध्यक्ष ईन्द्र खापुङ संस्थामा सदस्यता बिस्तार गर्दै सामाजिक कामलाई अझ व्यापकता दिईने लक्ष्य रहेको बताउनुहुन्छ । यो बेला सबै समस्यामा छौ, सबैलाई आफु बचौं र अरुलाई पनि बचाऔंको निती अबलम्बन गरिदिनुहुन अनुरोध गर्दछु, अध्यक्ष खापुङले भन्नुभयो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…